काठमाडौँ, २२ कार्तिक । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको भइरहेको जनाएको छ ।






