गाँजासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

शनिबार थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत थाइल्यान्डबाट काठमाडौँ आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनको साथबाट १ किलो ६०० ग्राम गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २२ कार्तिक । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने

काठमाडौँ, २२ कार्तिक । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास