ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

काठमाडौँ, २२ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ । दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौँस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई गिरफ्तार गर्ने हल्ला चलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नहरूबाट

काठमाडौँ, २२ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दीपावली, नेपाल संवत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध

काठमाडौँ, २२ कार्तिक । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले तिहारको झिलिमिली देख्दा २०७३