जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २२ कार्तिक । मध्य जापानमा आइतबार बिहान ५ दशमलव म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् ।

भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र र्याकमा राखिएका सामान खसेका छन् ।

आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ । छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन् । तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट

दैलेख, २२ कार्तिक । ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा

सुनसरी, २२ कार्तिक । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ

काठमाडौँ, २२ कार्तिक । दसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष चाडपर्व लक्षित