रमेश आचार्य राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय कमिटी
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको विगतदेखी वर्तमान सम्मको इतिहासमा धेरै उताव जढावहरु आएका छन् । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, अखण्डता तथा मुलुकका हितको खातिर प्रधानमन्त्री ओलीले अन्य थुप्रै कार्यहरु गर्न आफ्नो ज्यानलाई समेत खतराका विन्दुहरु पार गर्दै वर्तमान अवस्थामा आइपुग्नुभएको छ ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्युले सामना गर्नु परेका मुख्य संकट र सफलताहरु
१. पुलिस धरपकडबाट भाग्दा तमोर नदि हाम फाल्दा पनि ज्यान जोगाउन सफल ।
२. सुखानीका चार सहिदहरु ९रामनाथ दाहाल,नेत्र घिमिरे ,कृष्ण कुईकेल र विरेन राजवंशी ० लाई पुलिसले पक्रदा पुलिसको पन्जाबाट उम्कन सफल ।
३. ४ वर्ष गोलघर सहित १४ वर्षको जेल जीवन विताउँदा जेल सार्ने बहानामा पटकपटक मार्न खोज्दा पनि निरंकुश पञ्चायती शासक संग आत्मसमर्पण नगरी ज्यान जोगाउन सफल ।
४. जनताको बहुदलीय जनवाद निर्माणमा मदन कुमार भण्डारी सँगसँगै काम गरि तत्कालीन नेकपा (माले)को वैचारिक संघर्षमा मदन कुमार भण्डारीलाई जबजको अगुवाइ गर्न लगाई पार्टीको कार्यक्रम जबज बनाउन र नेतृत्वमा जननेताको रुपमा मदनकुमार भण्डारीलाई स्थापीत गर्न सफल ।
५. तत्कालीन नेकपा माओवादी ले अपनाएको क्रान्तिको एक मात्र बाटो सशस्त्र संघर्ष गलत छ भन्ने वैचारिक मान्यता स्थापीत गर्न सफल ।
६. २०६४ सालमा पहिलो किड्नी ट्रान्सप्लान्ट सफल ।
७. तत्कालीन नेकपा ९एमाले० को आठौं राष्ट्रिय महाधिवेशनमा ञपार्टी भित्रको लोकतान्त्रीकरणझ को विचार प्रस्तुत गरि पास गराउन सफल ।
८. २०७० सालको निर्वाचन पश्चात् भएको तत्कालीन नेकपा (एमाले) संसदीय दलको चुनावमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरि संसदीय दलको नेता बन्न सफल ।
९. २०७१ मा बैंककमा उपचार गरि मेनेन्जाईटिस् रोग बाट मुक्त हुन सफल ।
१०. २०७१ आषाढ मा सम्पन्न तत्कालीन नेकपा (एमाले) को नवौ महाधिवेशनमा १५ वर्ष पार्टीको महासचिव र २२ महिना प्रधानमन्त्री भइसक्नुभएका क. माधवकुमार नेपाललाई पराजित गरि अध्यक्ष बन्न सफल ।
११. २०७२ बैशाख १२ र २९ गते गएको महाविनासकारी भुकम्पबाट निराश जनतालाई मुक्त गराई आशा जगाउन सफल ।
१२. पहिलो संविधानसभाबाट तत्कालीन नेकपा माओवादी नेतृत्व संविधान बनाउन चुकेता पनि संविधानसभा विरोधी देशीविदेशी शक्तिहरुको अबरोधका बाबजुद मुख्य नेताको हैसियतमा दोश्रो संविधानसभाबाट संविधान जारी गराउन सफल ।
१३. संविधानसभा बाट संविधान जारी भएपश्चात २०७२ असोजमा सम्पन्न प्रधानमन्त्री चयनको प्रतिस्पर्धामा तत्कालीन ठूलो दलका सभापति सुशील कोइरालालाई पराजित गरि संविधानसभाबाट संविधान जारी पश्चात् को पहिलो प्रधानमन्त्री बन्न सफल ।
१४. आफ्नै नेतृत्वमा भारतीय नाकाबन्दी लाई पराजित गरी चाइना सँग व्यापार र पारवहन सम्झौता गर्दै नेपाललाई भुपरिवेष्ठीत मुलुकबाट भु-जडित मुलुकमा रुपान्तरण गर्न सफल ।
१५. २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा तत्कालीन पहिलो र तेस्रो दल नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनसँग प्रतिस्पर्धा गरि पहिलो पार्टी बनाउन सफल ।
१६. २०७४ मंसिरमा सम्पन्न प्रदेश र संघको चुनावमा भिन्न विचार र संगठनात्मक प्रणाली अपनाएका तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी मोर्चा बनाई ७ वटा प्रदेश मध्ये ४ वटामा तत्कालीन नेकपा (एमाले) को नेतृत्व तथा २ वटामा तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा झण्डै दुईतिहाईको प्रदेश सरकार बनाउन र संघमा झण्डै दुईतिहाईको हाराहारीमा तत्कालीन नेकपा (एमाले) को तर्फबाट सरकारको नेतृत्व गर्न सफल ।
१७. तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी बिचमा अकल्पनीय र असम्भव ठानीएको पार्टी एकता लाई राजनीतिक स्थिरता, दिगो शान्ति र तिब्र विकासको उद्देश्य बोकी बैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न पार्टी एकता गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गर्न सफल ।
१८. २०७६ मा दोश्रो किड्नी ट्रान्सप्लान्ट सफल ।
१९. भारतीय सरकार बाट मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भु-भाग फिर्ता लिन सदनमा रहेका सबै राजनीतिक पार्टीहरुलाई एकताबद्ध बनाई संविधान संशोधन मार्फत नेपालको नयाँ नक्सा र निशान छाप जारी गर्न सफल ।
२०. २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को नीति, कार्यक्रम र बजेट मार्फत बैज्ञानिक समाजबाद उन्मुख जग बसाल्न सफल ।
२१. जनसंख्या र भुगोलको आकार का आधारमा कुनैपनि मुलुकको राष्ट्रियता र स्वाभिमान ठुलो र सानो हुँदैन भनी राष्ट्रियता र स्वाभिमान सबैको बराबर हुन्छ भन्ने मान्यता स्थापीत गर्न सफल ।
२२. २०७६ मा बैंकक फलोअपमा जाँदा प्लाज्मा थेरापी असफल भएपश्चात पार्टी भित्रबाट केपी ओली बिरोधि स्वदेशी तथा विदेशीसँग मिलेर सरकाल ढाल्न चालिएका सबै कदमहरुलाई निस्तेज पार्न सफल ।
अब भन्नुहोस् माथिका यी संकटहरुको समना गरि सफलता प्राप्त गर्ने केपी शर्मा ओलीले अहिले पार्टीमा उत्पन्न संकटमा सफलता प्राप्त नगर्नुहोला र ?






