प्रचण्ड निदाएको ‘बाघ’ हुन भने ओली व्युझिएको ‘सिंह’

विकास भुसाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आकाश र धर्तीको फरक छ । तर पनि कम्युनिष्ट पार्टी अध्यक्षको हिसावले हामी सबैलाई दुबै जना बराबर जस्तो लाग्छ । पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र केपी शर्मा ओलीलाई गिराउन बिभिन्न कदम चालेको पनि हामीलाइ अवगत नै छ ।

अहिले सामाजिक सन्जालको माहोल निकै तातिरहेको बेला सत्तारुढ दल नेकपा अध्यक्षबीच पनि मनमुटाब गइरहेको छ । यसैबिच सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका शब्द र बाक्यलाई सामाजिक सञ्जालमा निकै व्यंग्य गरिन्छ तर गलत तरिकाले ।

प्रधानमन्त्री केपी शर्मा ओलीले म राजिनामा दिन्न मैले राजिनामा दिए देश डुब्छ, कहि कतै पार्टी बिरोधी कदम चालेको थाह पाए भने म पनि कडा कदम चाल्छु । यस्ता भनाइहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बेइज्जत गरि आलोचना गर्छन् । प्रधानमन्त्री ओली गर्जिए राजिनामा दिन्न भन्छन भनी पार्टी एकता विरोधीहरुले विरोध गरिरहेका पनि हुन्छन् । तिनिहरुलाई एउटा कुरा थाह रहेनछ, स्याल कहिल्यै गर्जिन्न गर्जिने भनेको सिहं मात्रै हो ।

अझै कतिपयले त प्रचण्ड अहिलेको आवश्यकता हो, प्रचण्ड निधाएको बाघ हो पनि भन्छन् । तिमी जुन प्रचण्डको कुरा गर्छौ नि, उनी प्रचण्ड हैनन् । साम्यवाद, समाजवाद हैन, नातावादको सपना देख्छन् । म भन्छु प्रचण्ड निधाएको बाघ हुन भने केपी शर्मा ओली सिंह हुन् । पार्टी एकता मजबुद बनाउन सबै एकजुट हुनु पर्छ । सामाजिक सञ्जालमा रोइलो गरेर प्रमुख नेताहरु गुट बनाएर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्