बामदेब गौतमको बारेमा के भन्छन् महेश बस्नेत, कस्तो छ सम्बन्ध ?

नेकपा नेता महेश बस्नेतले प्राइम टी भीको ऋषी धमलासँग दिनुभएको जनता जान्न चाहन्छ भन्ने कार्यक्रमको अन्तरवार्तामा ‘नेपालको राजनीतिमा तेस्रो धारले अवसरवादी बाटो समातेर हिड्यो भने अल्पकालिन लाभ त प्राप्त गर्ला तर अन्तत्वगत्व उसको अस्तित्व क्षणीक र समाप्त समेत हुन्छ ।’ भन्ने विश्लेषण गर्दै राप्रपा र पूर्वनेकपा मालेको नाम लिने सन्दर्भमा क. बामदेब गौतमको नाम तत्कालीन एमालेबाट विभाजित मालेको नेतृत्व गरेको कारण त्यो शक्तिको एकता पछाडी तेस्रो धारका हैसियतले भविष्य सकिएको सन्दर्भको व्याख्यालाई कमरेड बामदेब गौतमको भविष्य सकियो भनेर महेशले भन्यो भन्दै चाकडी भजाउने र सामाजिक सञ्जालमा समेत अनेक भ्रामक सन्देश फिजाउन खोजिएको छ ।

स्मरण रहोस क. बामदेब गौतम र क. महेश बस्नेतको सम्बन्ध धेरै घनिष्ट छ । बामदेब कमरेडलाई एकपटक प्रधानमन्त्री बनाउनुपर्छ र प्रतिनिधि सभाको सदस्य बनाउन आफ्नो क्षेत्र खाली गर्न तयार छु भन्ने ब्यक्ति क. महेश बस्नेतनै हो । साथै कतिपय अवस्थामा प्रधानमन्त्रीसँगको सम्बन्धमा भएका असमजदारी हटाउन क. महेशले महत्वपूर्ण भूमीका खेल्नु भएको छ ।

त्यस्तै क. महेशलाई उद्योग मन्त्रीको रुपमा सफल बनाउन होस या राजनैतिक रुपमा अगाडि बडाउन अभिभाकीय भूमिका खेल्नु भएको छ । यो पृष्ठभुमि नबुझेका केही साथीहरूले पार्न खोजेको भ्रममा नपर्न अनुरोध गर्दछु ।

दिनेश थापा
निजी सचीव महेश बस्नेतको सचिवालय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई