ब्रत तथा उपबासको वैज्ञानीक तथा शास्त्रीय कारण

तेजबहादुर ढकाल

पूर्विय दर्शन तथा सनातन धर्मसंस्कृतिका ज्ञाता प्राचिन रिषीमुनीहरुले जीवन, जगत र ब्रहाण्डका बारेमा धेरै रहस्यहरु पत्ता लगाएका थिए । तिनीहरुका वैज्ञानिक कारणहरु पनि थिए । तर त्यसबेलाको समाज र राज्य व्यवस्था धर्ममा आधारित भएकाले सत्य तथ्यहरुलाई पाप धर्म र स्वर्ग र नर्कसंग जोडि नित्य कर्मको विकास गरिदिए । हामीले हाम्रो सनातन धर्मसस्कृतिलाई पनि थप अध्ययन गरि अन्धविश्वासका आधारमा नभै सत्य तथ्यका आधारमा अवलम्बन गर्नु जरुरी छ ।

तिर्थ ब्रत र उपबासका पनि वैज्ञानिक कारणहरु छन् । भोजनमा पन्चतत्वको भुमिका भए जस्तै उपवासलाई पनि पेटखाली राखि आकाश तत्वका रुपमा भोजन नै मानिदै आएको छ । ब्रतले व्यक्तिमा थप आस्था, त्याग, आत्मविश्वास र संयमको विकास गराउँदछ । हप्ता वा पन्ध्र दिनमा एकपटक ब्रत वा उपवास बस्ने, ब्रत तथा फलाहारमा पनि ऋतुबरणको नियम पालना गर्ने चलन लाई स्वास्थका लागि फलदायी तथा वैज्ञानिक मानिन्छ । तपाई दिन जुन तिथि तथा वारमा ब्रत बस्नु हुन्छ त्यहि दिनको ग्रह तथा नक्षत्रको फल तथा दोष प्राप्त हुनाले त्यस तर्फ पनि गहन अध्ययन तथा ज्ञान हासिल गर्नु पर्दछ । तापनि केटा केटी, बुढाबुढी तथा विमारीहरुले नसकी नसकी ब्रत बसी पूण्य कमाउन खोज्नु हुदैन भनि शास्त्रमा उल्लेख गरिएको छ ।

साथै ब्रत तथा उपवास श्रद्धाभक्तिसंग जोडिएको हुन्छ । हामीले कसैलाई श्रद्धा गरेमा त्यसबाट फाईदा त दिनेलाई नै हुने हो । भगवानलाई बेलपातिले के हुन्छ हामी स्वम नै खशि तथा शान्ति प्राप्त गरिरहेका हुन्छौ । सूर्यलाई एक लोटा पानी चढाएर के हुन्छ भने त्यसले त व्यक्ति स्वमंलाई नै भिटामिन डि लगायतका फाईदा हुने हो । हामी त श्रद्धा र पूजा भन्दा पनि चाकरी नै गरिरहेका हुन्छौ । कुनै बर माग्नु परेमा वा आपत विपत परेमा भगवानलाई सम्झन्छौं । सो कुरा प्राप्त भएमा पनि विर्सन्छौं । त्यस्तै प्राप्त नभएमा पनि विर्सन्छौ । हामीले यस्तो स्वार्थी भावनालाई समय मै त्यागी सत्मार्गमा लाग्नु जरुरी छ ।

काठमाडौँ, भाद्र ५, २०७७

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा