काठमाडौँ, ६ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँच/पाँच लाख गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।
बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरेको छ भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरेको छ ।





