विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाईरस महामारी विरुद्ध आज विश्व भरिका विकसित राष्ट्र आफ्नो ज्यानलाई हेतकेलामा राखेर लडिरहेका छन् । यो भाईरसबाट नेपाल पनि अछुतो रहन भने सकेन दिन रात नभनी पुरै मुलुकै लकडाउन गरि यसको सामना गरिरहेको छ ।
तर नेपालमा भन्ने केही त्यस्ता धनाढ्य उद्योगपतिहरु यो महामारीमा करौडौं कमाउने धन्दामा लागि परिरहेका छन् । भन्ने गरिन्छ उद्योपतिहरु भनेका राज्यका आर्थिक पक्षधरहरु हुन, तर यी नै पक्षधरहरु आज राज्यबाट प्राप्त गरेका महावाणिज्यदुतको आवरणमा नेपालका धनाढ्य उद्योगपतीहरु कुटनितिक सुविधाहरु भोग चलन गरि राज्य विरुद्ध नै विपक्षधर भएर लुटतन्त्र मच्चाईरहेका छन् ।
हाल सालै मारवाडी समुदायका सुलभ अग्रवाल कुटनितिक नम्बरको गाडी मै थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा मंगलबार प्रहरी फन्दामा परेका घटना जिवितै छन् । यो त एउटा दृश्य पात्रको घटना थियो, तर बाँकी उद्योगपतीहरु जो महावाणिज्यदुतको आवरण ओडेर बसेकाहरुको क्रियाकलापहरु माथि पनि यो घटनाले प्रश्न चिन्ह खडा गरेको छ ।
तर सरकार उनीहरुको सेवा सुविधा कटौती गरेर उन्मुक्ति हुन खोजि रहेको छ । सायद यो विपदमा उनीहरु माथि छानविन गर्ने समय नभएर होला । तर केही सरकार भएका मन्त्रीहरु नै अग्रवाल छुटाउने खेलमा लागि परिरहेका छन् भने कुराहरु बाहिर आएका छन् ।
हामीलाई विश्वास छ कि यो कानुनी राज्यमा कानुन मिच्नेलाई कदापी छुट हुने छैन । तर पनि धमिलो पानीमा माछा मार्नेहरुको लहर्को लागि रहेको छ । हामी चहान्छौ कि यो विपदको घडिमा कालो बजारी गरि कालो धन कमाउन पलकेका ब्वासोहरुलाई राज्य विरुद्धको मुद्दा चलाई आजिवन जेल हाल्नु पर्छ, तब मात्र कानुनी राज्यको जित हुन्छ ।
यो विपदको घडिमा देशको आर्थिक अवस्था र विपद पछिको आर्थिक अवस्थालाई सवल र सुदृढ बनाउन महावाणिज्य दुतको आवरणको खोल ओढेर कालो कर्तुत गरेर आर्जन गरेको सम्पत्तिहरु माथि छानविन गरि यो विपदको घडिमा कालोधन जति राष्ट्रियकरण गर्न सरकार किन मौन बनिराखेको छ ।
सत्य न हिजो लुकेको थियो न भोलि नै लुक्ने छ । देश र जनताको स्वार्थलाई केन्द्रमा राख्नुको साटो आ–आफ्नै धुनो मात्र सोझाउनका लागि कति कुदछौं, उद्योगपति हो । अब त अति भयो ।
दिपेश बिसुङ्के, भक्तपुर






