आजको मौसम

काठमाडौँ, ३० कार्तिक । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ । यीबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

स्याङ्जा, २९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपाली

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ । कांग्रेस सभापति गगन थापाले छठ

काठमाडौँ, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को

काठमाडौँ, २९ कार्तिक । प्रधानमन्त्री बालेन शाहले ​छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् ।  आज छठ पर्वको अवसरमा एक