काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ ।
कांग्रेस सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गरिने जानकारी दिएका हुन् ।
छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित कार्यक्रममा थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको बताएका हुन् । दुवै अधिवेशन सकिएपछि कांग्रेस स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा जुट्ने बताए ।
सभापति थापाले भने, ‘छठपछि केन्द्रीय कार्यसमितिको बैठक बस्छ । बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी निर्णय गर्ने तयारीमा छौँ । त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने योजना रहेको छ । अन्तिम टुङ्गो लगाउन बाँकी छ ।’







