तीन लाख बढीको ओखर बरामद

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ ।

गएराति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत देविस्थान सीमा सुरक्षा गुल्म बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सामान बरामद गरेका हुन् ।

बरामद सामानमा ५९० केजी ओखर, ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल रहेका छन् । ओखरको मूल्य २ लाख ९५ हजार रुपैयाँ र साइकलको मूल्य २० हजार रुपैयाँ गरी कुल ३ लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न