काठमाडौँ, २९ कार्तिक । बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज यी दुई कृषि उपजको भाउ घटेको हो ।
आज हरियो प्याज र लसुनको भाउ थोकमा प्रतिकिलो समान ३४ रुपैयाँ घटेको छ । हिजो शनिबार कालीमाटी बजारमा हरियो प्याज र लसुन प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज भने यी दुवैको मूल्य १ सय ६६ रुपैयाँ कायम छ ।






