लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेअ छन ।

९ कात्तिकको राति उनीहरुले टीकापुर नगरपालिका–६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी