नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भयो : मन्त्री वाग्ले

काठमाडौँ, ६ कार्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन्। विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत-विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले स्मरण गरे।

डा. वाग्लेले भने, ‘तर, हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ । त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान भोलि (शनिबार)देखि सञ्चालन हुने भएको छ ।

काठमाडौँ, ६ कार्तिक । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख