तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन देउवाको आग्रह

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा भौतिक संरचना र स्थानीयको जनजीवनमा पारेको असरबारे जानकारी लिँदै देउवाले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा देउवाले बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै उहाँले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । 

विपद्को घडीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । देउवाले लेखेका छन्, ‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौँबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । अर्घाखाँची छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक