हामी युग बदल्ने संकल्प लिएर आएका छौं : प्रदीप पौडेल

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको १५औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिएका छन् ।

१५औं महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित भएपछि उनले शनिबार मध्यान्ह थापालाई बधाई दिएका हुन् । उनले आफूहरू युग बदल्ने संकल्प लिएर आएको भन्दै चुनौतीका पहाडहरू थुप्रै भए पनि अलमलिने र थाक्ने कुनै छुट नभएको उल्लेख गरेका छन् । बदलिएको कांग्रेस, बदलिने देश आफूहरूको कर्म र परिणाम बन्नुपर्ने भन्दै उनले इमानदार सहयात्रीका रूपमा सँगै हुनेसमेत बताएका छन् ।

निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले भनेका छन्, ‘हामी युग बदल्ने संकल्प लिएर आएका छौं । बाटो पक्कै सजिलो छैन । चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन । बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ । इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार