थप ९ जना राजदूत नियुक्ति गर्दै सरकार

काठमाडौँ, १८ असोज । परराष्ट्र मन्त्रालयले बाँकी रहेका नौ देशका लागि दसैँपछि राजदूत नियुक्त गर्ने भएको छ ।

सरकारले यसअघि विज्ञतर्फबाट विभिन्न १३ वटा देशका लागि १३ जनाको नाम सिफारिस गरिसकेको छ । अब बाँकी रहेका नौ देशका राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका नेपाली दूतावासमा राजदूतको पद रिक्त छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीका अनुसार राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ । ‘दसैँपछि नै हुनसक्छ । तर अहिले यति मात्र भन्न सकिन्छ, राजदूत नियुक्तिको कार्य प्रक्रियामा रहेको छ,’ उनले बताए ।

यी नौवटै दूतावासमा कर्मचारीतर्फबाट राजदूत थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र