ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाई सडकको बाँया साइडमा रहेको माटोको ढिस्कोमा ठोक्किँदा सडकमा खसी घाइते भएका थिए । उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ कार्तिक । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्

एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

एजेन्सी, ८ कार्तिक । म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२

एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६