काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरजसहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






