सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम आवश्यक : मुख्यमन्त्री आचार्य

काठमाडौँ, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताएका छन् ।

आज दाङको लमहीमा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताए ।

उनले यसलाई प्रदेशकै ठुलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गरे । त्यस्तै उनले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिँदै अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रदेश सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । बजारमा च्याउको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ