सरकार क्याप्टेनविहीन बनेको छ : विप्लव

काठमाडौँ, २० साउन । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्रोहको जनादेशतिर नगएर अर्कोतिर फर्किंदा सरकार क्याप्टेनविहीन बनेको बताए ।

उनले भने, “सरकारकै पनि हालत हामी कस्तो देख्दै छौँ भने क्याप्टेनविहीन जस्तो देखिएको छ । सरकारको क्याप्टेन नै छैन कि क्या हो ? सरकार कसले चलाएको छ भन्ने जनतालाई अन्यौल पर्न थालेको छ,” “यसको केन्द्र कहाँ छ कसले चलाइरहेको छ भन्ने जस्तो गम्भीर विषय देशको स्थितिमा देखिँदै छ ।”

नेपालमा सैद्धान्तिक वैचारिक ढंगले प्रशिक्षित भएका दलहरू भत्किएको अवस्थामा राजनीति अराजकता र असन्तुष्टितिर धकेलिएको उनले बताए । देशको जिम्मा लिनेगरी नयाँ ढंगले सोच्नुपर्छ भन्ने बहस चलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको