दोहोरो नागरिकता लिने एक जना पक्राउ

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज सुजन भनेर चिनिने उमेश भोम्जनलाई पक्राउ गरेको हो । विभिन्न आपराधिक गतिविधिमा फरक–फरक नागरिकता प्रयोग भएको खुलेपछि उमेश पक्राउ परेका हुन् ।

प्रहरीको अनुसन्धानका क्रममा उमेशले पहिलो नागरिकता २०६९ साउनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थायी ठेगाना बकैया गाउँपालिका भएको कागजातका आधारमा सुजन भोम्जनको नामबाट लिएको खुलेको छ ।

पछि उनले फेरि २०७५ सालमै पुरानै स्थायी ठेगानाबाट आमाबुबाको नाम फरक राखेर उमेश भोम्जनको नामबाट नागरिकता लिएको खुलेको हो ।

उनीसित सुजन र उमेश फरक–फरक नामका नागरिकता भएको पुष्टिपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै नागरिकताका आधारमा उनीविरुद्ध मुद्दा चलेको समेत फेला परेको छ ।

केही समय अघिमात्रै बौद्धको जंगलमा जुवा खेलीरहेको अवस्थामा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएका समूहमा उनीसमेत थिए ।

प्रहरीले नागरिकता ऐन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ