प्रदेश सरकारका गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौँ, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले सहभागी नहुने ननिर्णय गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए ।

उनले भने, ‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं,’ ‘यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन । र, त्यसप्रकारको गतिबिधिमा राप्रपा लालायित पनि छैन । राप्रपा मूलत: प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन भन्ने धारणा राख्दछ ।’

त्यतिले नभए राप्रपाले निर्णय नै गर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनले बताए । ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ,’ अध्यक्ष लिङ्देनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको

काठमाडौँ, २० साउन । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ  । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा

काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । एमालेका अध्यक्ष