च्याउको मूल्य बढ्यो

काठमाडौँ, २० साउन । बजारमा च्याउको मूल्यमा बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबै प्रजातिका च्याउको मूल्य बढेएको हो ।

एकै दिनमा सबैभन्दा धेरै डल्ले च्याउको मूल्य बढेको छ । हिजो मंगलबार थोकमा प्रतिकिलो औसत ३ सय ७५ रुपैयाँ रहेको डल्ले च्याउ आज बुधबार १ सय रुपैयाँले बढेर ४ सय ७५ रुपैयाँ पुगेको छ । यो एकैदिनमा २६.६७ प्रतिशतको वृद्धि हो ।

यस्तै बजारमा धेरै खपत हुने कन्ये च्याउको मूल्य पनि १०.६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन प्रतिकिलो २ सय ३५ रुपैयाँमा बिक्री भइरहेको कन्ये च्याउको औसत मूल्य आज २ सय ६० रुपैयाँ पुगेको छ ।

राजा च्याउको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । हिजो मंगलबार प्रतिकिलो ३ सय १० रुपैयाँ रहेको राजा च्याउको मूल्य आज ३ सय १३ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ