कांग्रेस र कम्युनिस्टले देशमा भाँडभैलो मच्चाए : अध्यक्ष यादव

जनकपुरधाम, १० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप लगाएका छन् ।

हालै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकारका सबन्धमा भएको सहमतिबारे राखिएको जिज्ञासाको जबाफ दिँदै उनले कांग्रेस र कम्युनिस्टकै कारण लामो समयदेखि देश अस्थिरतामा धकेलिएको टिप्पणी गरे । ४० वर्ष यता मिलीजुली र भागबन्डाको नाममा ३५ वटा सरकार निर्माण भएको उनको भनाइ छ ।

अध्यक्ष यादवले भने, भने, ‘विगत ४० वर्षदेखि यी दलहरूले के–के गरे, जनतालाई सबै थाहा छैन र ? अहिले पनि त्यही गरिरहेका छन् । जनताको चाहना स्थायी सरकार, विकास निर्माण हो । तर जनताको चाहना उनीहरूलाई वास्ता नै छैन । यी दलहरूको खेल सकियोस्, त्यसपछि हामी हाम्रोतर्फबाट के गर्ने भन्नेबारे सोच्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for