प्रधानमन्त्रीद्वारा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसिएसन नेपाल’का पदाधिकारीहरूसँगको भेटघाटमा उनले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन निर्देशन दिएका हुन् ।  

उक्त भेटघाटमा पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरेका हुन् ।

यस्तै, अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका छन् । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै