फेला पर्न थाले कालाजारका बिरामी

काठमाडौँ, २५ असार । लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी हिमाली जिल्लामा पनि भेटिन थालेका छन् ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी, औलो र कालाजारका बिरामी कालीकोटमा भेटिन थालेका हुन् । विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली भूभागमा देखिन थालेको छ । कालीकोटमा आर्थिक २०८२/८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी, औलो र कालाजारका १९ बिरामी भेटिएका जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । डेंगीका १०, कालाजारका आठ र औलोका एक बिरामी भेटिएका उनले बताए ।

जिल्लाका नौ मध्ये ६ पालिकामा डेंगी, औलो र कालाजारका बिरामी भेटिएका जनस्वास्थ्य अधिकृत महतले उल्लेख गरे ।

जिल्लामा डेंगी, औलो र कालाजारका बिरामी भेटिन थालेपछि महामारीको रूपमा फैलन नदिनका निम्ति स्वास्थ्य संस्थासँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल