क्षमता र दक्षता भएकाले मात्र संस्थाको नेतृत्व गर्ने अवसर पाउँछन् : मन्त्री चौधरी

काठमाडौँ, २४ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र दक्षताका आधारमा मात्रै चयन हुने बताएकी छन्। 

नेपाल कृषि अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले इमान्दार, मेहनती र नतिजामुखी वैज्ञानिकले मात्र संस्थाको नेतृत्व गर्ने अवसर पाउने बताएकी हुन् ।

उनले भनिन्, ‘अब कार्यसम्पादनको लागि सुशासन कायम गर्ने क्षमता र नेतृत्व गर्ने दक्षता नै मुख्य मापदण्ड हुनेछन् । इमान्दार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिक मात्र यो संस्थाको नेतृत्व गर्नका निम्ति आवश्यक हुनेछन्, यसमा कुनै दुविधा छैन। विगतका केही वर्षदेखि हामीले परिषद्भित्र आन्तरिक जटिलता र संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परीक्षण भई गुज्रिरहेको छ। मन्त्रालयले यसलाई उच्च महत्त्व दिँदै आएको भएपनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिरहेको छैन, बरु आफ्नै गरिमालाई कमजोर बनाउने कार्य भइराखेको देखिन्छ। मन्त्रालयले यस परिषद् पछाडि पर्नका वास्तविक कारणहरूको गम्भीर विश्लेषण गरिरहेको छ। विद्यमान अवस्था कार्यशैलीले हामीलाई सही मार्गमा लैजान सक्दैन।’

विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताइन्। मन्त्रालयले परिषद् सुधारलाई उच्च प्राथमिकतामा राखे पनि संस्थाले अझै स्पष्ट मार्गचित्र तयार गर्न नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी

विराटनगर, २४ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख

काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि