‘जिरे खुर्सानी दरबार’लाई २ लाख बढी जरिबाना

काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागले बुधबार अनुगमन क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा रहेको ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त व्यवसायमा अखाद्य वस्तु भेटिएपछि उक्त रकम जरिबाना तिराइएको विभागले जनाएको छ ।

यसैगरी विभागले काठमाडौं थापाथलीस्थित इन्डेक्स डिस्ट्रिब्युटर्स प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र बबरमहलस्थित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै ताहाचलस्थित भिजन इन्टरनेसनल प्रालिलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र खरिद–बिक्री बिलसहित ३ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई