घट्यो नेप्से

काठमाडौँ, २४ असार । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

नेप्से बुधवार ३०.०९ अङ्क घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ । त्यस्तैसेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अङ्कले घटेको छ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कारोबारमा आएका ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । हिजाे ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ । 

केही कम्पनीको सेयर ६ प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.४१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी

विराटनगर, २४ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख

काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि