रोल्पामा बस दुर्घटना, एक दर्जनभन्दा बढी घाइते

रोल्पा, २४ असार । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौनास्थित घोराही–घर्तीगाउँ सहिदमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो घर्तीगाउँबाट काठमाडौँतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो ।

प्रहरी र स्थानीयसहितको टोलीले बसमा सवार करिब २२–२५ यात्रुमध्ये १३–१४ जनाको उद्धार गरेको थियो। घाइतेहरूको नुवागाउँस्थित स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक अहिले एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र क्षतिको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य