चरेससहित एक जना पक्राउ

पाल्पा, २४ असार । बसमा यात्रा गरिरहेका एक युवकबाट ब्राउन सुगर र चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग२ख २४४४ नम्बरको बसमा सवार तानसेन नगरपालिका–६ निवासी २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ बुधबार गरिएको हो ।

प्रहरीले शङ्काका आधारमा उनको शरीर तथा साथमा रहेको झोला खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ११० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्राम बरामद गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य