एक महिलाको शव खोलाकिनारमा भेटियो

सिरहा, २४ असार । सिरहाको लक्ष्मीपुर पतारीमा एक महिलाको शव फेला परेको छ ।

लक्ष्मीपुर पतारी–३ महेशपुरकी ४० वर्षीया रञ्जुदेवी यादवको शव सोही पालिकाको वडा नम्बर ५ र ६ जोड्ने सरस्वती खोलाको उत्तरी किनारमा फेला परेको हो । मृतकका बुबा हरिदेव यादवले रञ्जुलाई मानसिक समस्या रहेकाले केही समयदेखि माइतीमै बस्दै आएको बताए । उनले मानसिक समस्या रहेकाले उनको घरमा बस्ने, हिँड्नेसमेत ठेगान नहुने बताए ।

मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे तत्काल केही बताउन नसकिने भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य