इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन

काठमाडौँ, १७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ ।

हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ । नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।

काठमाडौँ-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ