एकता गरेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थीको कार्यगत एकता गरेर जानुपर्ने बताएका छन् ।

आज मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिगमनलाई पराजित गर्नु नै अहिलेको मुख्य काम भएको बताए । 

उनले भने, “आज हामी यतिबेला कहाँबाट समाजवाद निर्माण गर्नु ? यहाँ प्रतिगमन गरेर हैरान छ, यतिबेला प्रतिगमनलाई पराजित गर्नु मुख्य काम हो । सबै लोकतान्त्रिक वामपन्थी शक्ति मिलेर कार्यगत एकताका माध्यमबाट जानैपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ,” । 

उनले दुनियाँभर वामपन्थी शक्तिको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले आफूहरूको नीति सही भएको भन्दै एकताका निम्ति आफ्ना नीतिहरूमा छलफल नहुने बताए ।

“एमाले हाम्रा नीति सही छन् कि छैनन् भनेर कुनै एकता/एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछैन । हाम्रा नीति बिल्कुल सही छन् । हामीले राजनीतिक, आर्थिक, सांस्कृतिक अनेकमा सही नीति निर्धारण गरेर जनताको बहुदलीय जनवादको प्रकाशमा समसामयिक ढंगले अझ प्रभावकारी समयानुकूल बनाउँदै जोसुकैले बुझ्नै गरी समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी