काभ्रेमा बर्ड फ्लु पुष्टि

काठमाडौँ, ६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।

नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो । उक्त प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९ प्रमाणित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित