चिनी पर्याप्त रहेकोले मूल्य नबढ्ने उद्योगीको भनाइ

काठमाडौँ, २ जेठ । भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौज्दात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ ।

संघले विज्ञप्ति निकालेर चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो । चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आएको र झण्डै १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ ।

 संघका अनुसार अहिलेसम्म झण्डै १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको छ । त्यस्तै बजारमा झण्डै २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको संघको भनाइ छ । आउँदो क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघले जनाएको छ ।

स्वदेशमा पर्याप्त मौज्दात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकाले अनावश्यक भण्डारण नगर्न संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate