अस्थिरता बढाउने छुट कसैलाई छैन : बाबुराम भट्टराई

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन् । 

आज सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन् । 

उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् । अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीति र नेपालमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन उनले सबैलाई आग्रह गरेका छन्। जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले उच्च विवेक तथा संयमको प्रयोग गर्नुपर्ने धारणा उनले राखेका छन्।

कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्। ‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्,’ भट्टराईले भनेका छन्, ‘हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई