गल्ती गरेको प्रमाणित भए सरकारले छोड्दैन: पूर्वगृहमन्त्री गुरुङ

काठमाडौँ, २ जेठ । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने बताएका छन् ।

आफू विरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताए ।

गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन । नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेका छन् । म ढुक्क छु, मेरो कुनै गल्ती छैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ जेठ । अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी

काठमाडौँ, २ जेठ । कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन्

काठमाडौँ, २ जेठ । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको