एक जना स्वदेशी पर्यटक बेपत्ता

काठमाडौँ, २ जेठ । कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् ।

माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही वैशाख ३० गते दिउँसो २ः०० बजेदेखि सम्पर्कविहीन भएको हुन् ।

समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्यूप्वाइन्टस्थित ‘टीसप’मा आफ्नो झोला राखेर ‘केहीबेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएको धामिसरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहीबार विहानदेखि नै खोजी सुरु गरेका थिए । तर शुक्रबार साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडाध्यक्ष क्षेत्रीले बताए ।

“पहिरनका आधारमा पोखरास्थित बुद्धविहारमा जानकारी गराएपछि हराएका व्यक्तिको परिचय खुलेको हो । स्थानीयले बिहीबार दिनभर खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा जानकारी गराएका थियौँ । अहिले प्रहरी हराएको ठाउँमा जाँदैछ”, वडाध्यक्ष क्षेत्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून