अब अनलाइनमार्फत घरमै नक्सा

काठमाडौँ, २ जेठ । अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ ।

नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।

यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरले जनाएको छ ।

गत साउन महिनाबाट ‘मेरो कित्ता’ नामको वेभ साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको छ । यो सेवाले विशेष गरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि यो सेवा निकै उपयोगी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको