विश्वकप क्रिकेट लिग–टु मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, २ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ ।

खेल आज बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।

कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय

काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October