निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ : नेता ज्ञवाली

काठमाडौँ, १३ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले पार्टीक पूर्वअध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् ।

एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औं स्मृति दिवशलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो । उहाँले २०४७ सालमा तत्कालिन नेकपा (माले) र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । ‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो’ ज्ञवालीले भने ‘पुस्ता पुस्ताबीचको अतिवादी सोचलाई एमालेले अनुभव र जोशको संयोजनको अभ्यास गरेको थियो ।’

ज्ञवालीले अहिलेको केही राजनीतिमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउदै उनले परिपक्वको मार्गदर्शन र यूवाको उर्जाको संयोजनबाट मात्र देश बन्ने स्पष्ट पारे ।

ज्ञवालीले नेपालको कम्यूनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको स्पष्ट पारेका छन् । उनले फागुन २१ को निर्वाचनबाट कम्यूनिष्ट मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको उनको भनाइ छ । निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश बिस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ । ‘निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ’ उनले भने ‘सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरंकुशतासँग लडेको विद्यार्थी संगठन खारेज, स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने कुराले शंका गर्ने प्रशस्त ठाउँ दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २७ सय रुपैयाँले

तनहुँ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका

कञ्चनपुर, १३ बैशाख । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन

पोखरा, १३ बैशाख । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने