पोखरा, १३ बैशाख । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले नयाँ सरुवारोग वा महामारी फैलिएको अवस्थामा तत्काल खर्च गर्ने गरी उक्त कोष स्थापना गरिएको हो । यो कोषको रकम ५३ प्रकारका शीघ्र संक्रामक रोगहरूको नियन्त्रण र उपचारमा प्रयोग गरिनेछ ।
सरकारले क्यान्सर, मुटुलगायत गम्भीर रोगबाट पीडित १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । ती बिरामीका लागि कुल एक करोड ७५ लाख रुपैयाँ प्रदान गरिनेछ ।





