‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम

कञ्चनपुर, १३ बैशाख । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका अनुसार एमबिबिएस अध्ययन गर्न दुई जनालाई जनही रु दुई लाख र इन्जिनियरिङ पढ्न तीन जनालाई जनही रु एक लाख छात्रवृत्तिस्वरुप प्रदान गरिनेछ । त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने छ जना छात्रालाई जनही रु ५० हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई