सर्वोच्चको फैसला हारजितको विषय हुनु हुँदैन : महामन्त्री पौडेल

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कसैका लागि पनि हारजितको विषय हुन नहुने बताएका छन् । 

सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै शुक्रबार मान्यता दिएपछि महामन्त्री पौडेलले उक्त प्रतिक्रिया जनाएका हुन् । उनले गोलबद्ध हुन पनि पार्टीपंक्तिलाई अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं । यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो । अब सबैलाई सुरक्षित आभास हुने गरी सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा  हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य