भदौ २४ गतेको घटनाको छानबिन गर्न गगन थापाको माग

काठमाडौँ, ९ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।

सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । उनले भने, ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’

सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो । ‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा