कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरि मौलाउने छ : नेता ज्ञवाली

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, “बितेका झण्डै आठ दशकको अवधिमा यस पार्टीले असाधारण भूमिका खेलेको छ । राष्ट्रिय स्वाभिमानको सङ्घर्षमा अग्रमोर्चामा उँभिदै, लोकतन्त्रका लागि सञ्चालित आन्दोलनमा अग्रणी भूमिका खेल्दै र सामाजिक न्याय, सुरक्षा र समावेशी प्रणालीका लागि नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनले गरेका योगदानप्रति हामी गर्व गर्छौँ ।, तर यस अवधिमा विभाजन, सिध्दान्त र व्यवहार बिच विरोधाभास, जनताका समस्याबाट कति-कति बेला अलगाव र व्यक्ति विशेषमा विचलन जस्ता समस्याका कारण आन्दोलनले गंभीर धक्का पनि खाएको छ । यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन: मौलाउँदै पनि आएको छ ।, विगत वर्ष नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण धक्का खानु पर् यो । यसैलाई आधार बनाएर केही व्यक्तिहरू आन्दोलनको भविष्य समाप्त भएको घोषणा गर्दैछन् । ‘विचारधाराको मृत्यु’ र ‘इतिहासको अन्त्य’ को घोषणा गर्ने फुकुयामा अचेल आफ्ना ‘भविष्यवाणी’ प्रति पछुताउँदैछन् । हाम्रा ‘फुकुयामा’हरूका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन्, किनभने कम्युनिस्ट आन्दोलनको स्थापना, अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्कताबाट निर्दिष्ट छ । तर वर्तमान धक्का र चुनौतिलाई सामान्य रूपमा लिने छुट भने हामीलाई छैन । यसले हामीबाट निर्मम आत्मसमीक्षा, संरचनागत पुनर्संरचना, नयाँ ‘डायनामिक्स’ लाई बुझ्न र सामना गर्न सक्ने नयाँ अन्तरदृष्टि र नयाँ उर्जाको माग गरिरहेको छ । ७७ औँ स्थापना दिवसको सन्दर्भमा आउनुहोस् सङ्कल्प गरौँ- हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौँ । संस्थापक महासचिव पुष्पलाल सहित सबै संस्थापक र अग्रजहरूमा उच्च सम्मान । आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नुहुने सबै शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन । प्राप्तिको कुनै अपेक्षा नराखी आज पनि आन्दोलनको हितमा समर्पित र चिन्तित सबै निष्ठावान कमरेडहरू र आन्दोलनको रक्षामा निर्णायक भूमिका खेल्नुहुने न्यायप्रेमी जनसमुदायमा भित्री हृदयदेखि अभिनन्दन !”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ

बर्दिया, ११ बैशाख । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३

काठमाडौँ, ११ बैशाख । जुम्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन्

काठमाडौँ, ११ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।